महँगी फेरि बढ्यो, भदौमा मुद्रास्फीति ६.३४ प्रतिशत

बिहीबार, २९ आश्विन २०८३, राति ९:४६


काठमाडौं । नेपालमा महँगी फेरि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो। यसले एक वर्षको अवधिमा उपभोक्ताको मूल्यवृद्धिको दबाब उल्लेख्य रूपमा बढेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत पुगेको छ। खाद्य तथा पेय पदार्थतर्फ घ्यू तथा तेल, फलफूल, चिनी तथा चिनीजन्य पदार्थ, माछा तथा मासु, तरकारी र मसलाजन्य वस्तुको मूल्यमा वृद्धि भएको छ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहमा यातायात, मदिराजन्य पेय पदार्थ, कपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण र सुर्तीजन्य वस्तुको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। यसले दैनिक उपभोग्य खाद्य वस्तुदेखि यातायात र अन्य सेवासम्मको मूल्यवृद्धिले समग्र महँगी बढाउन योगदान गरेको देखाउँछ।

क्षेत्रगत रूपमा काठमाडौं उपत्यकामा भदौको मुद्रास्फीति ५.८१ प्रतिशत, तराईमा ६.८३ प्रतिशत, पहाडमा ६.२६ प्रतिशत र हिमालमा ५.९१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यी क्षेत्रमा क्रमशः २.०२ प्रतिशत, १.७३ प्रतिशत, १.९६ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा उपभोक्ता मूल्यमा आएको वृद्धिसँगै अर्थतन्त्रका अन्य सूचकमा पनि मिश्रित अवस्था देखिएको छ

प्रतिक्रिया 0