बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो, नदीमा शव भेटिने क्रम जारी

शुक्रबार, १२ भदौ २०८३, बेलुका ५:१९

काठमाडौं । बुधबार आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेमध्ये शुक्रबार दिउँसो ३ बजेसम्म ५४७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीपछि रसुवादेखि नवलपरासी पश्चिमसम्मका नदी तथा नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार यसअघि ५३८ जनाको शव फेला परेको थियो। पछिल्लो विवरणमा थप ९ शव भेटिएसँगै मृतकको शव फेला परेको संख्या ५४७ पुगेको हो। फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१ र नवलपरासी पूर्वमा १३४ वटा रहेका छन्।

जिल्लागत विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा भेटिएका शवमा विभिन्न मानव अंगसमेत समावेश रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया 0