काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीयकरण नियन्त्रणसम्बन्धी सुधारलाई तीव्रता नदिए ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पर्ने जोखिम बढ्दै गएको बताएका छन्।
राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाल २०८१ फागुनदेखि ग्रे लिस्टमा रहेको स्मरण गराउँदै अब आवश्यक कानुनी तथा संस्थागत सुधारमा ढिलाइ गर्न नहुने बताए।
उनका अनुसार अहिले 'सेन्स अफ अर्जेन्सी' का साथ काम गर्न नसके नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ। ब्ल्याक लिस्टमा परेपछि नेपाल हाइटी र सोमालिया जस्ता उच्च जोखिमयुक्त मुलुकहरूको श्रेणीमा पुग्ने र अन्तर्राष्ट्रिय बैंकिङ तथा वित्तीय कारोबारमा गम्भीर असर पर्ने उनले चेतावनी दिए।
अर्थमन्त्री वाग्लेले ब्ल्याक लिस्टमा पर्नु भनेको विदेशी बैंक तथा वित्तीय संस्थाले नेपाली बैंकसँग कारोबार गर्न हिच्किचाउने, अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जटिल बन्ने, विदेशी लगानी घट्ने, वैदेशिक व्यापार महँगो हुने र नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयतामा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना हुनु रहेको स्पष्ट पारे।
उनले नेपाल ग्रे लिस्टमा पर्नुको कारण कानुनको अभावभन्दा पनि कानुनको प्रभावकारी कार्यान्वयन कमजोर हुनु रहेको स्वीकार गर्दै सुशासन, वित्तीय अनुशासन, नियामक निकायको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना अपरिहार्य भएको बताए। यही उद्देश्यका साथ सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन अघि बढाएको उनको भनाइ थियो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ मा केही महत्वपूर्ण नयाँ व्यवस्था र स्पष्टता थपिएका छन्। यसको मुख्य उद्देश्य नेपाललाई FATF को ग्रे लिस्टबाट बाहिर निकाल्ने र अन्तर्राष्ट्रिय AML/CFT मापदण्डसँग कानुनलाई मिलाउने हो।
मुख्य नयाँ बुँदाहरू:
यो पनि पढ्नुहोस
प्रतिक्रिया 0