तातोपानीबाट हेलिकप्टरमा काठमाडौं ल्याइए सदगुरु

शनिबार, १३ भदौ २०८३, दिउँसो २:५८

काठमाडौं । कैलाश मानसरोवर यात्राका क्रममा नेपाल–चीन सीमाक्षेत्र पुगेका आध्यात्मिक गुरु जग्गी वासुदेव ‘सद्गुरु’लाई शनिबार तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ। बाढीका कारण सीमावर्ती क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

सद्गुरुसँगै कैलाश मानसरोवर यात्रामा रहेका ८० जना तीर्थयात्रीको समूह पनि बाढीपछि सम्पर्कविहीन भएको बताइएको छ। विभिन्न २० देशका नागरिक सहभागी उक्त समूहमा ३४ पुरुष र ४६ महिला रहेको जनाइएको छ। बाढीका कारण बाटो अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्क टुटेपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको थियो।

नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि विदेशी पर्यटक तथा तीर्थयात्रीसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् भने विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ। सद्गुरु भने तातोपानी हुँदै सुरक्षित रूपमा काठमाडौं फर्किएका हुन्।

प्रतिक्रिया 0