काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि संकलन भइरहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भदौ २४, २०८३ (९ सेप्टेम्बर २०२६) सम्म रु. ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ मौज्दात रहेको छ।
उपलब्ध विवरणअनुसार कोषको रकममध्ये ९ वटा वाणिज्य बैंकका नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ मौज्दात रहेको छ। त्यस्तै, २ वटा वाणिज्य बैंकका अमेरिकी डलर खातामा USD २ करोड ११ लाख ४३ हजार ४२७ मौज्दात रहेको छ।
राहत तथा उद्धारका लागि १ अर्ब निकासा
कोषबाट बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। उक्त रकम प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार कार्यमा परिचालन गरिएको सरकारी विवरणमा उल्लेख छ।
कोषमा स्वदेश तथा विदेशका व्यक्ति, कम्पनी, बैंक तथा विभिन्न संघ–संस्थाबाट सहयोग प्राप्त भइरहेको छ। यसै क्रममा विभिन्न संस्थाले राहत कोषमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
डिजिटल माध्यमबाट उल्लेख्य रकम संकलन
राहत कोषमा सहयोग जुटाउन डिजिटल भुक्तानी माध्यमको समेत व्यापक प्रयोग भएको छ। फोन पे, QR, connect IPS तथा अन्तर्राष्ट्रिय कार्डमार्फत स्वदेश तथा विदेशबाट सहयोग रकम जम्मा भइरहेको छ। सरकारी डिजिटल दान प्रणालीमार्फत विश्वका विभिन्न स्थानबाट कोषमा योगदान गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै NVIDIA का तर्फबाट USD १ करोड, ADB बाट USD ५० लाख आकस्मिक सहयोग तथा अष्ट्रेलियाबाट AUD ५० लाख सहयोग जस्ता अन्तर्राष्ट्रिय सहयोग पनि नेपालले प्राप्त/प्रतिबद्धता गरेको विवरण सार्वजनिक गरिएका छन् ।
No advertisements available
प्रतिक्रिया 0