विप्रेषण ३७.१ प्रतिशतले बढ्यो, गत बर्ष २३ खर्ब ६३ अर्ब भित्रियो

बुधबार, १० भदौ २०८३, बेलुका ७:१३

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाल भित्रिने विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई रु. २३ खर्ब ६३ अर्ब १३ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड डलर पुगेको छ। समीक्षा वर्षको असारमा मात्रै विप्रेषण आप्रवाह रु. २४२ अर्ब ३३ करोड रहेको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७८३ रहेको छ। 

विप्रेषणको उच्च वृद्धिले नेपालको विदेशी मुद्रा सञ्चिति बढाउन, चालु खाता तथा शोधनान्तर बचतमा राख्न महत्वपूर्ण योगदान गरेको छ। तर अर्थतन्त्रमा विप्रेषणको ठूलो निर्भरता कायम रहेकाले विदेशबाट आएको रकमलाई उत्पादनशील लगानीमा परिचालन गर्ने विषय अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ।

प्रतिक्रिया 0