नक्कली QR कोडबाट राहत रकम ठगीको जोखिम

सहयोग गर्नुअघि QR कोड जाँच्न आग्रह

बिहीबार, ११ भदौ २०८३, दिउँसो ३:३१

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक सञ्जालमार्फत सहयोग गर्न खोजिरहेका नागरिक नक्कली क्यूआर कोडको ठगीमा पर्ने जोखिम बढेको छ। सर्वसाधारणले बाढीपीडितका लागि सहयोग गर्ने माध्यम खोजिरहेका बेला केही व्यक्तिले सरकारको आधिकारिक राहत कोषको पोस्टरबाट सक्कली क्यूआर कोड हटाएर आफ्नो खाताको नक्कली क्यूआर कोड राखी रकम उठाउन थालेका हुन्।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि सहयोग रकम संकलन भइरहेका बेला सामाजिक सञ्जालमा विभिन्न पोस्टर, सूचना र QR कोड तीव्र रूपमा फैलिरहेका छन्। यही अवस्थाको फाइदा उठाउँदै ठगी गर्नेहरूले सरकारी राहतसम्बन्धी देखिने पोस्टरमा QR कोड नै परिवर्तन गरी सर्वसाधारणलाई झुक्याउने प्रयास गरिरहेका छन्। त्यसैले सामाजिक सञ्जालमा देखिएको कुनै पनि QR कोड स्क्यान गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आवश्यक देखिएको छ।

यसैबीच बाढीपीडितलाई सहयोग गर्न चाहने नागरिकलाई सरकारले उपलब्ध गराएका ९ वटा आधिकारिक QR कोड तथा बैंकिङ माध्यम प्रयोग गर्न आग्रह गरिएको छ। सहयोग रकम पठाउँदा सम्बन्धित सरकारी निकायको आधिकारिक सूचना तथा स्रोतबाट QR कोड र बैंक खाताको विवरण रुजु गरेर मात्र कारोबार गर्न अनुरोध गरेको छ।

नेपाल सरकारले सेयर गरेका बैंक खाता न र QR कोड हरु निम्नानुसार छन ।


प्रतिक्रिया 0