काठमाडौं। उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको जनाएको छ। विभागले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार अब उद्योगसम्बन्धी अधिकांश सेवा औद्योगिक व्यवस्थापन सूचना प्रणाली (IMIS) मार्फत मात्रै उपलब्ध हुनेछ।
विभागका अनुसार उद्योग दर्ता, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, उद्योग अद्यावधिक, फर्म नवीकरण, शेयर संरचना परिवर्तन, उद्योगको नाम तथा उद्देश्य परिवर्तन, विदेशी लगानी स्वीकृति, व्यवसायिक भिसा सिफारिस, प्रविधि हस्तान्तरण (Technology Transfer), वार्षिक प्रगति विवरण, CSR, IEE/TOR स्वीकृतिलगायतका सेवाहरू अनलाइनबाट सञ्चालन हुनेछन्।
विभागले हालदेखि ती सेवाका लागि भौतिक रूपमा आवेदन वा कागजात दर्ता नगरिने स्पष्ट पारेको छ। साथै, अनलाइन प्रणालीबाट सञ्चालन हुने सेवामा सेवाग्राही स्वयं उपस्थित हुन नपर्ने, तर आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका सञ्चालक, कर्मचारी वा आधिकारिक प्रतिनिधि परिचयपत्रसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको जनाएको छ।
उद्योग विभागले सेवाग्राहीलाई अनलाइन प्रणालीको प्रभावकारी प्रयोग गर्न आग्रह गर्दै आवश्यक जानकारीका लागि IMIS प्रणाली तथा विभागले उपलब्ध गराएका QR कोडमार्फत मार्गदर्शन लिन अनुरोध गरेको छ।
No advertisements available
प्रतिक्रिया 0