नेपालको आईटी क्षेत्रलाई जोड्ने NAS-IT Expo 2026 आयोजना हुँदै

बुधबार, ६ श्रावण २०८३, दिउँसो १:१०
Font Size: 20px

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले NAS-IT Expo 2026 आयोजना गर्ने भएको छ। आगामी नोभेम्बर २१ र २२ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपा मा हुने दुई दिने एक्स्पोले नेपालको सूचना प्रविधि क्षेत्रका विविध सरोकारवालाहरूलाई एकै थलोमा ल्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार एक्स्पोमा प्रविधि कम्पनी, व्यवसायी, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत नवप्रवर्तनलाई प्रोत्साहन, सहकार्य विस्तार तथा व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ। साथै, स्टार्टअप, सफ्टवेयर कम्पनी र डिजिटल सेवा प्रदायकहरूले आफ्ना नवीनतम उत्पादन तथा समाधानहरू प्रदर्शन गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

गत वर्ष सम्पन्न NAS-IT Expo 2025 को सफलतालाई निरन्तरता दिँदै यस वर्षको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउने तयारी गरिएको छ। एक्स्पोले प्रविधि कम्पनीहरूलाई सम्भावित ग्राहक, साझेदार तथा लगानीकर्तासँग प्रत्यक्ष रूपमा जोड्ने मञ्च प्रदान गर्नुका साथै दीर्घकालीन सहकार्य र व्यवसाय विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकले यस कार्यक्रमले नेपालको डिजिटल रूपान्तरण, आईटी उद्योगको विकास तथा डिजिटल अर्थतन्त्रलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया 0