नेपालका बाढीपीडितका लागि डब्ल्यूएफपीको आपत्कालीन खाद्य सहायता, सहयोगका लागि अपिल

शनिबार, १३ भदौ २०८३, बिहान ९:३९

काठमाडौं । नेपालको रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण विभिन्न समुदायमा ठूलो क्षति पुगेको छ। बाढीपहिरोले घर, जीविकोपार्जन, सडक तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्‍याउँदा धेरै परिवार प्रभावित भएका छन् भने केहीले आफ्ना आफन्तसमेत गुमाएका छन्।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले प्रभावित परिवारका लागि आपत्कालीन खाद्य सामग्री पठाउन सुरु गरेको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यकताको अवस्था स्पष्ट हुँदै गएसँगै सहायता थप विस्तार गर्न डब्ल्यूएफपी तयार रहेको जनाएको छ।

डब्ल्यूएफपीका टोलीले राष्ट्रिय निकायसँग समन्वय गर्दै राहत सामग्री ढुवानी तथा व्यवस्थापनमा समेत सहयोग गरिरहेका छन्। प्रभावित समुदायमा टेन्ट, आपत्कालीन जेनेरेटर, पावर बैंकलगायत अत्यावश्यक सामग्री पुर्‍याउन सहयोग भइरहेको डब्ल्यूएफपीले जनाएको छ।

विश्वका विभिन्न स्थानमा मानवीय आवश्यकता बढिरहेका बेला नेपालमा विपद्बाट प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै डब्ल्यूएफपीले सहयोगका लागि अपिल गरेको छ। साथै, नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्न इच्छुकलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया 0