आजदेखि १४.२ किलोका पूर्ण ग्यास सिलिन्डर वितरण हुने

बुधबार, ३१ असार २०८३, दिउँसो १२:४०
Font Size: 20px

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले आज (असार ३१) देखि देशभर १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको नियमित बिक्री–वितरण पुनः सुरु गरेको छ।

निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण ग्यास आपूर्तिमा सम्भावित अवरोधलाई ध्यानमा राख्दै चैत १ गतेदेखि लागू गरिएको ७.१ केजी (आधा भरिएको) ग्यास सिलिन्डर वितरणको व्यवस्था पूर्ण रूपमा खारेज गरिएको हो।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (IOC) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास लोडिङ प्रक्रिया सुधार भई बुलेटहरू नियमित रूपमा नेपाल आइरहेका छन्। यससँगै बजारमा ग्यासको आपूर्ति सहज भएको र उपभोक्ताको मागसमेत सहज रूपमा पूरा गर्न सकिने अवस्था बनेपछि पूर्ण क्षमताको १४.२ केजी सिलिन्डरको बिक्री–वितरण पुनः सञ्चालन गरिएको हो।

निगमका प्रवक्ता मनोजकुमार ठाकुर ले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा मौज्दात नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया 0