जिडिपीको तुलनामा बजेट सानो छ : अर्थमन्त्री

Monday, 01 June 2026, 07:12 AM
28 पटक हेरियो
Font Size: 20px

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट जिडिपी (कुल गार्हस्थ उत्पादन) को तुलनामा ठूलो नभई तुलनात्मक रूपमा सानो रहेको बताएका छन् ।

बजेटमाथिको छलफलका क्रममा उनले नेपालको अर्थतन्त्रको आकार, राजस्व संकलनको क्षमता तथा उपलब्ध स्रोत-साधनलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताए। बजेटको उद्देश्य केवल खर्च बढाउनु नभई आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको मनोबल वृद्धि, रोजगारी सिर्जना तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्नु रहेको उनको भनाइ थियो ।

अर्थमन्त्रीले बजेटको सफलताको आधार यसको आकारभन्दा पनि कार्यान्वयन हुने उल्लेख गर्दै घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले स्रोत सुनिश्चित नभएका लोकप्रिय कार्यक्रमभन्दा कार्यान्वयनयोग्य योजना प्राथमिकतामा राखिएको दाबी गरे ।

उनका अनुसार बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, पूर्वाधार विकास, डिजिटल अर्थतन्त्रको विस्तार, वित्तीय क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा विशेष जोड दिएको छ। साथै, आर्थिक वृद्धिदर बढाउने र अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्यका साथ बजेट तर्जुमा गरिएको उनले बताए ।


16 घण्टा अगाडि
28 पटक हेरियो

प्रतिक्रिया 0