‘देश बनाउने हो भने पैसा चाहिन्छ’ : प्रधानमन्त्री

Sunday, 31 May 2026, 07:29 PM
32 पटक हेरियो
Font Size: 20px

प्रतिनिधिसभामा सञ्चालित प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको मुख्य ध्यान आर्थिक व्यवस्थापन, लगानी विस्तार र राजस्व वृद्धि तर्फ केन्द्रित रहेको बताएका छन्।

सांसदहरूले अर्थतन्त्र, विकास निर्माण तथा सरकारी प्राथमिकताबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले “हाम्रो ध्यान पैसामा छ” भन्दै विकासका योजना कार्यान्वयन गर्न बलियो आर्थिक स्रोत आवश्यक पर्ने बताएका हुन्। उनले देशमा रोजगारी सिर्जना, पूर्वाधार निर्माण, उत्पादन वृद्धि तथा सेवा प्रवाह सुधारका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने उल्लेख गरे।

प्रधानमन्त्रीले केवल घोषणा र योजनाले मात्र अपेक्षित उपलब्धि हासिल नहुने भन्दै त्यसका लागि पर्याप्त लगानी, स्रोत परिचालन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले सरकार लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको मनोबल बढाउने तथा आर्थिक अनुशासन कायम गर्ने दिशामा केन्द्रित रहेको पनि बताए।

संसद्मा भएको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्रीले आर्थिक सुधार, विकास निर्माणको गति र जनअपेक्षा अनुसार परिणाम दिन सरकार प्रतिबद्ध रहेको धारणा राखेका छन् ।


3 घण्टा अगाडि
32 पटक हेरियो

प्रतिक्रिया 0