काठमाडौं । सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवालगायत बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का प्रवक्ता सस्मित पोखरेलले बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
बुधबार बिहान आएको बाढीका कारण रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। विशेषगरी रसुवाको तल्लो तटीय तथा सीमावर्ती क्षेत्रमा बाढीले मानवीय बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ।
संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई सहज हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को यो निर्णय बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन केन्द्रित रहेको सरकारले जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0