भोलि सार्वजनिक हुँदै देशको नयाँ बजेट, सबैको नजर कर र तलबमा

Thursday, 28 May 2026, 11:13 AM
10 पटक हेरियो
Font Size: 20px

काठमाडौं । 

बिहीबार, १४ जेठ २०८३

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको राजस्व र व्ययको अनुमानित विवरण प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको हो।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठक अपराह्न ४ बजे बस्ने जानकारी गराउँदै सांसदहरूलाई ३ः४५ बजेसम्म संसद् भवनमा उपस्थित भइसक्न निर्देशन दिएका छन्।

नेपालको संविधान २०७२ अनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार हरेक वर्ष संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने परम्परा रहेको छ।

यस वर्षको बजेटलाई आर्थिक सुस्तता, घट्दो राजस्व संकलन, कमजोर पुँजीगत खर्च र बढ्दो सार्वजनिक ऋणबीच आएको महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। निजी क्षेत्रले कर सहुलियत, बैंक ब्याजदरमा राहत, लगानी प्रोत्साहन र उद्योगमैत्री नीति अपेक्षा गरेको छ भने सरकारी कर्मचारीबीच तलब वृद्धि हुने चर्चा पनि चलिरहेको छ।

सरकारले कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, रोजगारी तथा डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राख्ने अनुमान गरिएको छ। साथै कर नीतिमा केही संशोधन, स्टार्टअप तथा डिजिटल व्यवसायलाई प्रोत्साहन र निजी क्षेत्रलाई चलायमान बनाउने कार्यक्रमसमेत आउने अपेक्षा गरिएको छ। 

11 घण्टा अगाडि
10 पटक हेरियो

प्रतिक्रिया 0