मलेसिया १०३ रनमै अलआउट, नेपालसामु १०४ रनको लक्ष्य

बिहीबार, १८ भदौ २०८३, बिहान १०:१४

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत मलेसियाविरुद्ध नेपालले १०४ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको हो।

मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, विरान्डीप सिंहले १४ र मुहामद स्याहादतले १३ रन जोडे। नेपाली बलरको लगातार दबाबका कारण मलेसियाका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पारे भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले पनि समान १–१ विकेट लिए। नेपाली बलरले नियमित अन्तरालमा विकेट निकाल्दै मलेसियालाई १०३ रनमै रोक्न सफल भए।

अब नेपालले जितका लागि १०४ रन बनाउनुपर्नेछ। मलेसियाले दिएको न्यून लक्ष्य पछ्याउँदै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ। प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको यस खेलमा पहिलो खेलमा बहराइनलाई पराजित गरेको नेपालका लागि अर्को जितले समूहमा आफ्नो स्थिति थप बलियो बनाउनेछ।

प्रतिक्रिया 0