काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म ७३४ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावले शवहरू तल्लो तटीय क्षेत्रसम्म पुर्याएपछि चितवनमा मात्रै २५९ शव भेटिएका छन्। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ शव फेला परेको विवरण छ।
बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी, जलविद्युत् आयोजनामा कार्यरत ९३३ कामदार तथा ५८९ विदेशी नागरिक रहेका छन्। विदेशी पर्यटकसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता छन्।
विपद्पछि उद्धार तथा खोजी अभियानलाई तीव्रता दिइएको छ। देशभरबाट १९ हजार ८९५ सुरक्षाकर्मी खोज, उद्धार र राहत कार्यमा परिचालन भएका छन्। अहिलेसम्म ८ हजार १८६ जनालाई जीवितै उद्धार गरिएको छ। बाढीबाट भएको वास्तविक मानवीय क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0