जकार्ता । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र उसका साझेदारबीच आसियान एकीकरण पहलअन्तर्गतको १६औँ परामर्श बैठक सम्पन्न भएको छ। आसियान सचिवालयमा भएको बैठकमा सन् २०२६ देखि २०३० सम्मको पाँचौँ कार्ययोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।
बैठकमा यसअघि लागू भएका तेस्रो र चौथो कार्ययोजनाअन्तर्गत सञ्चालन भइरहेका परियोजनाको प्रगति तथा अवस्थाबारे पनि समीक्षा गरिएको थियो। साथै, नयाँ कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार, विकास साझेदार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।
आसियान साझेदारहरूले पाँचौँ कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय सहकार्य सुदृढ गर्ने र आवश्यक स्रोत परिचालन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। नयाँ कार्ययोजनाको मुख्य उद्देश्य आसियान सदस्य राष्ट्रबीच रहेको विकासको अन्तर घटाउँदै क्षेत्रीय एकीकरणलाई अझ समावेशी र दिगो बनाउनु हो।
कार्ययोजनाले कृषि तथा खाद्य सुरक्षा, शिक्षा तथा सीप विकास, सार्वजनिक स्वास्थ्य, साना तथा अनौपचारिक व्यवसाय, स्थानीय समुदायको सशक्तीकरण र दिगो आर्थिक विकासजस्ता क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ। यसमार्फत विकासमा पछाडि रहेका सदस्य राष्ट्रलाई क्षेत्रीय आर्थिक एकीकरणबाट बढी लाभ दिलाउने आसियानको लक्ष्य छ।
No advertisements available
प्रतिक्रिया 0