नाफामा ४८ प्रतिशतको वृद्धि, ईपिएस ५० रुपैया नजिक
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा रु. ८ अर्ब ८६ करोड ४६ लाख पुगेको छ।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले रु. ६ अर्ब ६७ लाख खुद नाफा कमाएको थियो।
यस अवधिमा नेपाल टेलिकमको करअघिको नाफा रु. १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३४.६६ प्रतिशत बढी हो। त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको आम्दानी (EBITDA) रु. २० अर्ब ४८ करोड १ लाख पुगेको छ, जुन १०.७३ प्रतिशतको वृद्धि हो।
कम्पनीको सञ्चालन आय रु. ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ। अघिल्लो वर्षको रु. ३३ अर्ब ८९ करोड ४५ लाखको तुलनामा सञ्चालन आय ३.१२ प्रतिशतले बढेको हो। कुल आय भने रु. ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) रु. ४९.२५ रहेको छ।
GSM सेवाबाट आम्दानी बढ्यो
नेपाल टेलिकमको नाफा वृद्धिमा मुख्य दूरसञ्चार सेवाबाट भएको आम्दानीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। विशेषगरी GSM सेवातर्फको राजस्व रु. ६४ करोड ५४ लाख अर्थात् २.२८ प्रतिशतले वृद्धि भएको छ।
यसैबीच, ब्याजदरमा आएको गिरावटका कारण कम्पनीको ब्याज आम्दानी भने रु. ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटेको छ। यद्यपि, मुख्य दूरसञ्चार व्यवसायबाट भएको आम्दानी वृद्धिले ब्याज आम्दानीमा आएको कमीलाई समेत सम्हाल्दै कम्पनीको समग्र नाफामा उल्लेख्य सुधार ल्याएको देखिन्छ।
सम्बन्धित समाचार
No advertisements available
प्रतिक्रिया 0