सात खर्बभन्दा बढी लगानीमा प्रतिफल न्यून, ८ अर्ब मात्रै लाभांश

Wednesday, 27 May 2026, 06:02 PM
27 पटक हेरियो
Font Size: 20px

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूबाट नेपाल सरकारले ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लाभांश प्राप्त गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३’ अनुसार सार्वजनिक संस्थानहरूको कुल नाफा बढे पनि सरकारको लगानीअनुसार प्रतिफल भने अझै न्यून देखिएको हो।

प्रतिवेदनअनुसार नाफामा रहेका संस्थानहरूको कुल खुद नाफा ६१ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडराष्ट्रिय वाणिज्य बैंक लिमिटेड सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा रहेका छन्।

तर सरकारको कुल लगानीको तुलनामा लाभांश अनुपात निकै कम रहेको देखिएको छ। विभिन्न प्रतिवेदनअनुसार सार्वजनिक संस्थानहरूमा सरकारको लगानी ७ देखि ८ खर्ब रुपैयाँभन्दा बढी पुगेको भए पनि प्रतिफल करिब २–३ प्रतिशत हाराहारीमै सीमित छ।

हाल सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २८ संस्था नाफामा छन् भने १५ संस्था घाटामा रहेका छन्। केही संस्थान लेखापरीक्षण, व्यवस्थापन र संस्थागत क्षमताका हिसाबले कमजोर रहेको अर्थ मन्त्रालयले औंल्याएको छ।

विशेषज्ञहरूले सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, ढिलो लेखापरीक्षण र स्पष्ट लगानी नीतिको अभावका कारण अपेक्षित प्रतिफल आउन नसकेको बताउँदै आएका छन्। 

6 घण्टा अगाडि
27 पटक हेरियो

प्रतिक्रिया 0