काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि फेला परेका शवमध्ये हालसम्म झन्डै ४ प्रतिशतको मात्रै पहिचान भएको अधिकारीहरूले बताएका छन्। ठूलो संख्यामा शव फेला परे पनि पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ।
पहिचान हुन नसकेका केही शव सड्न थालेपछि सरकारले वैज्ञानिक प्रक्रिया अपनाउँदै त्यस्ता शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालेको अधिकारीहरूले बताएका छन्। पहिचान गर्न सकिने आधारहरू सुरक्षित राखेर मात्रै शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसैबीच, बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि डीएनए परीक्षण गर्ने व्यवस्था अघि बढाइएको छ। नेपाल प्रहरीले नजिकको रगतको नाता भएका आफन्तले अनुरोध गरेमा उनीहरूको ताजा रगतको नमुना संकलन गरी डीएनए परीक्षणमार्फत शव पहिचान गर्न सकिने जनाएको छ।
प्रहरीका अनुसार डीएनए परीक्षणबाट शवको पहिचान गर्न हराइरहेका व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्तको नमुना महत्वपूर्ण हुने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रियाका लागि प्रहरीसँग समन्वय गर्न आग्रह गरिएको छ। यसले पहिचान हुन नसकेका शवको पहिचान गरी सम्बन्धित परिवारलाई जिम्मा लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0