बाढीबाट भएको क्षतिप्रति एडीबीद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता

बिहीबार, ११ भदौ २०८३, बेलुका ४:४१

काठमाडौं । रसुवागढी सीमा क्षेत्रसहित उत्तरी नेपालका विभिन्न स्थानमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति एसियाली विकास बैंक (एडीबी) ले दुःख व्यक्त गरेको छ।

एडीबीले सामाजिक सञ्जालमार्फत बाढीका कारण परिवारहरूले आफन्त गुमाउनुपरेको, धेरै परिवार आफ्ना प्रियजनको अवस्थाबारे खबरको प्रतीक्षामा रहेको तथा घर, सडकलगायतका संरचना बगाएको जनाएको छ।

एडीबीले विपद्को यस कठिन समयमा नेपालका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा सहयोग गर्न तयार रहेको जनाएको छ।

रसुवाको रसुवागढी तथा भोटेकोशी क्षेत्रसहित उत्तरी नेपालका विभिन्न क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीबाट सडक, पुल, घर तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्।

प्रतिक्रिया 0