काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म दैनिक हवाई सेवा सुरु हुने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २३ देखि दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (PHH) बीच दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेको हो।
यो सेवा सुरु भएसँगै उक्त एयरलाइन्स यूएईबाट पोखरासम्म नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी बन्नेछ। नयाँ रुटले नेपालको दोस्रो ठूलो सहर तथा ‘पर्यटन राजधानी’का रूपमा परिचित पोखरालाई मध्यपूर्वसँग प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ।
हिमाल, ताल, साहसिक पर्यटन र प्राकृतिक सौन्दर्यका लागि विश्वप्रसिद्ध पोखरामा विदेशी पर्यटकको आगमन बढाउन यो उडान महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। साथै, यूएईमा कार्यरत नेपालीहरूलाई पनि आफ्नो देशको प्रमुख पर्यटकीय गन्तव्यसम्म सहज पहुँच उपलब्ध हुनेछ।
पर्यटन व्यवसायीहरूले नयाँ हवाई सम्पर्कले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, होटल, रेस्टुरेन्ट तथा स्थानीय अर्थतन्त्रलाई सकारात्मक टेवा पुग्ने बताएका छन्। दैनिक उडान सञ्चालन भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई नेटवर्क विस्तार हुने र नेपाल भ्रमणमा आउने पर्यटकका लागि थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0