रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक छन् भने ४७ जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव भेटिएको छ। यस्तै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।
त्यसैगरी गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक तथा पहिचान नखुलेका २८ जनाको शव फेला परेको छ। तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ।
यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
रासस
No advertisements available
प्रतिक्रिया 0