नेपालको बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७,८८६ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये वाणिज्य बैंकहरूको निक्षेप ७,१०८ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरू (BFIs) मा ७७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
कर्जा प्रवाहतर्फ, कुल कर्जा ५,८६४ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूले ५,२१७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य वित्तीय संस्थाहरू को कर्जा ६४८ अर्ब रुपैयाँ रहेको छ।
कर्जा–निक्षेप अनुपात (CD Ratio) ७३.६५ प्रतिशत रहेको छ, जसले बैंकहरूको कर्जा दिने क्षमता सन्तुलित अवस्थामा रहेको संकेत गर्दछ।
यसैबीच, अन्तरबैंक ब्याजदर (स्थानीय मुद्रा) २.७५ प्रतिशतमा कायम रहेको छ, जसले बजारमा तरलता अवस्था सामान्य रहेको देखाउँछ।
प्रतिक्रिया 0