एभरेष्ट बैंकको १५ प्रतिशत लाभांश घोषणा

बिहीबार, ११ भदौ २०८३, राति ८:१८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको हालको चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षमा २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष भने बैंकको प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बिन्दुले कम हो।

प्रतिक्रिया 0