स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

बिहीबार, १२ कार्तिक २०८३, दिउँसो ३:१४


काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको ४९४औँ बैठकले २०८३ कात्तिक १० गते उक्त लाभांश प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावअनुसार शेयरधनीले प्रतिकित्ता १६ रुपैयाँका दरले नगद लाभांश पाउनेछन्। उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।

प्रतिक्रिया 0