सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश भने बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको बैंकले जनाएको छ। यसअनुसार शेयरधनीले बोनस शेयरमार्फत बैंकको चुक्ता पुँजीमा थप हिस्सा प्राप्त गर्नेछन् भने कर प्रयोजनका लागि नगद लाभांश उपलब्ध हुनेछ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेमा मात्र शेयरधनीलाई लाभांश वितरण गरिनेछ।
No advertisements available
प्रतिक्रिया 0