काठमाडौं । असोज २०८३ मा वाणिज्य बैंकहरूको अधिकतम निक्षेप ब्याजदर औसतमा घटेको छ। भदौको तुलनामा असोजमा व्यक्तिगततर्फको अधिकतम ब्याजदर औसत ४.१३६ प्रतिशतबाट घटेर ४.०८९५ प्रतिशतमा आएको छ। अर्थात् व्यक्तिगततर्फको औसत अधिकतम ब्याजदर ०.०४६५ प्रतिशत बिन्दुले घटेको हो। संस्थागत निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदर ३.०८१ प्रतिशतबाट ३.०६६५ प्रतिशतमा झरेको छ।
बैंकअनुसार हेर्दा प्रभु, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, कृषि विकास, नेपाल बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन र सिद्धार्थ बैंकले व्यक्तिगत तथा संस्थागत दुवैतर्फको अधिकतम ब्याजदरमा परिवर्तन गरेका छैनन्। नबिल बैंकको व्यक्तिगततर्फको अधिकतम ब्याजदर ४.५५ प्रतिशतबाट ४.२५ प्रतिशतमा झरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.८० प्रतिशतबाट ३.७५ प्रतिशत र कुमारी बैंकको ३.७६ प्रतिशतबाट ३.७३ प्रतिशतमा घटेको छ।
त्यस्तै, एभरेस्ट बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ४.०५ प्रतिशतबाट ३.५० प्रतिशतमा घटाएको छ, जुन सबैभन्दा ठूलो कमी हो। संस्थागततर्फ एभरेस्टको दर ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा झरेको छ। अर्कोतर्फ सानिमा बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ३.३० प्रतिशतबाट बढाएर ३.५१ प्रतिशत पुर्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले पनि संस्थागततर्फको दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएको छ।
No advertisements available
प्रतिक्रिया 0