रसुवा बाढी : एनएमबी बैंकका ४ कर्मचारी सम्पर्कविहीन

बिहीबार, ११ भदौ २०८३, दिउँसो १२:०८

काठमाडौं । रसुवाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि एनएमबी बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत ४ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

बैंकले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीका कारण टिमुरे शाखामा कार्यरत धर्मराज रिजाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित सम्पर्कविहीन भएका हुन्।

बैंकका अनुसार उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल एनएमबी बैंकमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।

रसुवाको टिमुरे आसपासमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।


एनएमबी बैंकले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया 0