काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश आगामी साधारणसभाबाट पारित गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार १० प्रतिशत बोनस सेयरका लागि रु. १ अर्ब ४७ करोड ९४ लाख ७९ हजार ३२० बराबर रकम र १० प्रतिशत नगद लाभांशका लागि पनि सोही बराबरको रकम प्रस्ताव गरिएको छ। त्यस्तै, बैंकको अग्राधिकार सेयरतर्फ ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) प्रस्ताव गरिएको छ, जसका लागि रु. १० करोड ७५ लाख ९ हजार ७९१ बराबर रकम आवश्यक पर्ने बैंकले जनाएको छ।
बैंकको हाल कायम चुक्ता पुँजीतर्फ साधारण सेयरको चुक्ता पुँजी रु. १४ अर्ब ७९ करोड ४७ लाख ९३ हजार २०० र अग्राधिकार सेयरको चुक्ता पुँजी रु. ३ अर्ब ५० करोड रहेको विवरणमा उल्लेख छ। प्रस्तावित लाभांश वितरणका लागि आगामी साधारणसभाबाट स्वीकृति लिनुपर्नेछ।
No advertisements available
प्रतिक्रिया 0