नेसनल बैंकिङ इन्स्टिच्युटको नयाँ सीईओमा सुजन सुवेदी

बुधबार, ७ आश्विन २०८३, राति ८:१२


काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट (NBI) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजन सुवेदी नियुक्त भएका छन्।

बैंकिङ, प्रशिक्षण तथा शैक्षिक क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेका सुवेदीले इन्स्टिच्युटको नेतृत्व सम्हाल्ने भएका हुन्। तीन दशकभन्दा लामो व्यावसायिक अनुभवसँगै उनले बैंकिङ क्षेत्र, तालिम तथा क्षमता विकास र शिक्षण क्षेत्रमा समेत काम गरेको बताइएको छ।

नयाँ सीईओका रूपमा सुवेदीलाई स्वागत गर्दै नेसनल बैंकिङ इन्स्टिच्युटले उनको अनुभव, ज्ञान र विशेषज्ञताबाट संस्थाले लाभ लिने विश्वास व्यक्त गरेको छ। संस्थाले उनको नयाँ जिम्मेवारी सफल रहोस् भन्दै शुभकामना पनि दिएको छ।

सुवेदीको नेतृत्वमा एनबीआईले बैंकिङ तथा वित्तीय क्षेत्रका जनशक्तिको क्षमता विकास, व्यावसायिक प्रशिक्षण र ज्ञान अभिवृद्धिका क्षेत्रमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0