विकास बैंकर्स एसोसिएसनको नयाँ नेतृत्व चयन, थकालीको काँधमा जिम्मेवारी

शुक्रबार, १३ कार्तिक २०८३, बेलुका ४:२९

काठमाडौं । विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली चयन भएका छन्।

धुलिखेलमा सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि उनी संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए।

यसअघि सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले डिबानको नेतृत्व सम्हाल्दै आएका थिए। उनको बैंकमा कार्यकाल समाप्त भएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। 

नयाँ कार्यसमितिमा ९ विकास बैंकको प्रतिनिधित्व

नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। आगामी दुई वर्षका लागि चयन भएको यस नेतृत्वले विकास बैंकहरूको साझा हित, संस्थागत प्रतिनिधित्व तथा नीतिगत विषयमा सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिमा विभिन्न नौ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरू समेटिएका छन्। जसअनुसार:

अध्यक्ष: दिनेश थकाली – कामना सेवा विकास बैंक

उपाध्यक्ष: माधव उपाध्याय – गरिमा विकास बैंक

सचिव: कपिल ढकाल – ज्योति विकास बैंक

कोषाध्यक्ष: दीपेश लम्साल – महालक्ष्मी विकास बैंक

केन्द्रीय सदस्य: रविन सिजापती – सांग्रिला डेभलपमेन्ट बैंक

केन्द्रीय सदस्य: तारा मानन्धर – मुक्तिनाथ विकास बैंक

केन्द्रीय सदस्य: सुमन आचार्य – लुम्बिनी विकास बैंक

प्रादेशिक प्रतिनिधि: हरिबहादुर बुढाथोकी – ग्रिन डेभलपमेन्ट बैंक

प्रादेशिक प्रतिनिधि: अनन्तकुमार चापागाईं – मितेरी डेभलपमेन्ट बैंक

प्रतिक्रिया 0