रसुवा बाढी : एनआईएमबीका ७ कर्मचारी अझै सम्पर्कविहीन

बिहीबार, ११ भदौ २०८३, बिहान १०:१७

काठमाडौं । रसुवाको टिमुरे आसपासमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार टिमुरे शाखा, स्याफ्रुबेँसी शाखा तथा मेलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

बैंकले उनीहरूलाई कसैले देखेको वा भेटेको भए अथवा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा तत्काल बैंकमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।

सम्पर्कविहीन कर्मचारीहरूमा स्याफ्रुबेँसी शाखाका शिव प्रसाद लम्साल, जितमान घले, पेमा दावा लोप्चान र पासाङ याङजेन तामाङ, टिमुरे शाखाकी डोल्मा लामा, मेलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का तथा स्याफ्रुबेँसी शाखाका भीमबहादुर खड्का रहेका छन्।

बैंकले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।


प्रतिक्रिया 0