काठमाडौं। कृषि विकास बैंक लिमिटेड (ADBL) र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) बीच कृषि उद्यमशीलता, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार दुवै संस्थाले कृषि वित्त, अनुसन्धान, प्रविधि हस्तान्तरण, वित्तीय साक्षरता, सीप विकास, इन्टर्नशिप, संयुक्त तालिम, गोष्ठी तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, विद्यार्थी, अनुसन्धानकर्ता र कृषकलाई आधुनिक कृषि प्रविधि तथा व्यवसायिक कृषि विकासमा सहयोग पुर्याउने गरी सहकार्य गरिनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले यस सहकार्यबाट कृषि क्षेत्रमा नवप्रवर्तन, उत्पादनशीलता वृद्धि, रोजगारी सिर्जना तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस्तै, कृषि वित्त, जलवायु वित्त, ग्रामीण बैंकिङ, मूल्य शृङ्खला विकास, बजार पहुँच, प्रविधि हस्तान्तरण, संयुक्त तालिम, गोष्ठी, कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। यस सहकार्यबाट कृषि क्षेत्रमा नवप्रवर्तन, रोजगारी सिर्जना तथा दिगो कृषि विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया 0