रसुवा बाढी : माछापुच्छ्रे बैंकका ५ कर्मचारी सम्पर्कविहीन

बिहीबार, ११ भदौ २०८३, दिउँसो १२:४०

काठमाडौं । रसुवाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँच कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भदौ १० गते बिहान आएको विशाल बाढीका कारण शाखामा कार्यरत भीम प्रसाद नेउपाने, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र छिङमा तामाङ हालसम्म पनि सम्पर्कमा आउन सकेका छैनन्।

बैंकले उनीहरूलाई कसैले देखेको भए वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए तत्काल माछापुच्छ्रे बैंक लिमिटेडमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेको छ। बाढीका कारण टिमुरे क्षेत्रमा सञ्चार तथा आवागमनसमेत प्रभावित भएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।

यसैबीच, टिमुरेमा रहेका विभिन्न बैंकका शाखा तथा कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार टिमुरेमा सञ्चालनमा रहेका नौ वाणिज्य बैंकका शाखामा क्षति पुगेको छ भने केही कर्मचारी अझै सम्पर्कविहीन छन्।


प्रतिक्रिया 0