९ स्थानबाट ७१३ युनिट रगत संकलन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। मंसिर ७ गते आयोजित उक्त कार्यक्रमबाट कुल ७१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ।
बैंकले केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गर्दै आएको बैंकले यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको जनाएको छ। ९ स्थानबाट संकलित ७१३ युनिट रगतले रगतको आवश्यकता भएका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
यसैगरी, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाका शाखा प्रमुखहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र (Token of Appreciation) प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ।
बैंकले रक्तदान कार्यक्रम तथा उत्कृष्ट शाखा सम्मानमार्फत सामाजिक उत्तरदायित्व र संस्थागत कार्यसम्पादनलाई सँगसँगै अघि बढाएको छ।
No advertisements available
प्रतिक्रिया 0