काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश गरी कुल १०.३५८३ प्रतिशत लाभांश दिएको थियो। यस वर्ष कुल लाभांश दर केही बढेको छ भने बोनसको तुलनामा नगद लाभांशको हिस्सा बढेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद नाफा करिब ८८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफाका आधारमा करिब १३.१९ प्रतिशतसम्म लाभांश क्षमता देखिए पनि बैंकले १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नियामकीय स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ।
प्रतिक्रिया 0