सरकारी स्वामित्वका दुई ठूला वाणिज्य बैंकहरू कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले नयाँ सञ्चालक समिति अध्यक्ष पाएका छन्।
सरकारको नीति अनुसार अघिल्लो कार्यकालमा राजनीतिक रूपमा नियुक्त भएका पदाधिकारीहरूले राजीनामा दिएपछि खाली भएका पदहरूमा अर्थ मन्त्रालयका सहसचिवहरूलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरिएको हो। यसअनुसार कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय र राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सुमन दाहाल नियुक्त भएका छन्।
यसअघि दुवै बैंकका तत्कालीन अध्यक्षहरूले सरकारको निर्देशनात्मक नीति र राजनीतिक परिवर्तनलाई कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया 0