काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख रुपैयाँ र बैंकका कर्मचारीको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने द्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायलाई सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बाढीमा परी दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। सम्पर्कमा आउन नसकेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैंकले गरेको छ।
No advertisements available
प्रतिक्रिया 0