सिईओ सुयोग श्रेष्ठलाई शांग्रिला बैंकको बिदाइ, आठ वर्षे कार्यकाल सम्पन्न

बिहीबार, १८ भदौ २०८३, राति ९:१७

काठमाडौं । शांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठलाई आठ वर्षे नेतृत्वका लागि धन्यवाद तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

बैंकले श्रेष्ठले सीईओका रूपमा आठ वर्षसम्म प्रदान गर्नुभएको दूरदर्शी नेतृत्व, अमूल्य योगदान तथा उल्लेखनीय सेवाको उच्च सम्मान गर्दै हार्दिक आभार व्यक्त गरेको हो।

बैंकले श्रेष्ठको नेतृत्व र योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको आगामी यात्रा निरन्तर सफलता, प्रगति तथा नयाँ उपलब्धिहरूले भरिपूर्ण रहोस् भन्ने शुभकामना दिएको छ।

शांग्रिला डेभलपमेन्ट बैंकले श्रेष्ठको आठ वर्षे कार्यकाललाई बैंकको नेतृत्व तथा संस्थागत विकासका दृष्टिले महत्वपूर्ण अवधिका रूपमा प्रस्तुत गर्दै उहाँको आगामी व्यावसायिक यात्राका लागि सफलताको कामना गरेको छ।

प्रतिक्रिया 0