करिब ८ घण्टाको निरन्तर प्रयासपछि नेपाल प्रहरीले कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखामा रहेको ठूलो परिमाणको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारेको छ।
प्रहरीका अनुसार शाखाबाट करिब रु. १ करोड ५० लाख नगद र अनुमानित रु. ५० करोड बराबरको सुन सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। साथै बैंकका महत्वपूर्ण कागजात तथा अन्य संवेदनशील सामग्रीसमेत सुरक्षित गरिएको प्रहरीले जनाएको छ।
विपद्का कारण बैंक तथा आसपासको क्षेत्रमा जोखिम बढेपछि प्रहरी टोलीले निरन्तर प्रयास गरी बैंकमा रहेका सम्पत्ति तथा कागजातलाई सुरक्षित स्थानमा सारेको हो। यसबाट बैंकको ठूलो परिमाणको सम्पत्ति सम्भावित क्षतिबाट जोगिएको छ।
No advertisements available
प्रतिक्रिया 0