कामना सेवा विकास बैंकको २०औं साधारणसभा सम्पन्न

बुधबार, ३१ भदौ २०८३, राति ११:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्तावसमेत अनुमोदन गरेको छ।

अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले एनबीएसएम एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।

सभामा सेयरधनीले बैंकको वित्तीय अवस्था, लाभांश तथा आगामी रणनीतिबारे राखेका जिज्ञासाको जवाफ अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए। सीईओ थकालीले बैंक निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया 0