भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख सहयोग

सोमबार, २२ भदौ २०८३, बेलुका ४:४७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले बाढी प्रभावित क्षेत्रमा राहत सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको जनाएको छ। 

सिटिजन्स बैंकले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। बैंकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सहयोगले भोटेकोशी बाढीपीडितलाई राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0