नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एण्ड बियोन्ड’

आइतबार, २८ असार २०८३, राति ८:२०
Font Size: 20px

काठमाडौं। नबिल बैंक ले आफ्नो स्थापना भएको ४२ वर्ष पूरा गरेको अवसरमा ‘Banking & Beyond’ को अवधारणालाई थप सशक्त बनाउँदै ग्राहक, समुदाय तथा समग्र अर्थतन्त्रमा दीगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

बैंकले विगत ४२ वर्षदेखि बैंकिङलाई केवल वित्तीय कारोबारमा सीमित नराखी विश्वास निर्माण गर्ने, सपना साकार पार्ने तथा समृद्ध भविष्यका लागि अवसर सिर्जना गर्ने माध्यमका रूपमा अघि बढाउँदै आएको जनाएको छ। व्यवसाय, परिवार तथा विभिन्न क्षेत्रको विकासमा साथ दिँदै नवप्रवर्तन, वित्तीय पहुँच र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकले आफ्नो यात्रा निरन्तर अगाडि बढाएको उल्लेख गरेको छ।

४२औँ स्थापना दिवसको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ग्राहक, साझेदार, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले बैंकको सफल यात्रामा सबैको विश्वास, साथ र प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि ‘Banking & Beyond’ को भावनाअनुसार दीर्घकालीन मूल्य सिर्जना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंकले ग्राहक, समुदाय, साझेदार, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण ‘नबिलियन’सँगको सहकार्यलाई अझ मजबुत बनाउँदै नवीन बैंकिङ सेवा, दिगो विकास र समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्यका साथ आगामी यात्रा अघि बढाउने जनाएको छ। साथै, ‘Banking & Beyond’ को यात्रामा निरन्तर साथ र विश्वासका लागि सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

प्रतिक्रिया 0