बैंकबाटै हुने भयो जग्गा (धितो) रोक्का-फुकुवा

Tuesday, 12 May 2026, 10:33 PM
5 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सरकारले जग्गाको धितो रोक्का तथा फुकुवा प्रक्रिया अब बैंक तथा वित्तीय संस्थाबाटै अनलाइनमार्फत गर्न सकिने व्यवस्था लागू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको यो व्यवस्थाले सेवाग्राहीलाई भूमि प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटाउने अपेक्षा गरिएको छ ।

अब मालपोत कार्यालयबाट हुँदै आएको धितोबन्धकी रोक्का-फुकुवा सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ । यो व्यवस्था वैशाख २१ गतेदेखि लागू भइसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले यो सेवा प्रदान गर्न सक्नेछन् । मन्त्रालयले हालसम्म अनुमति नलिएका वा अनलाइन प्रणाली सञ्चालनमा नआएका संस्थालाई जेठ १ गतेभित्र सेवा सुरु गर्न निर्देशन दिएको छ ।

सरकारले यस कदमले बिचौलियाको प्रभाव घट्ने, प्रक्रिया छिटो हुने तथा डिजिटल सुशासन प्रवर्द्धन हुने विश्वास गरेको छ ।

18 घण्टा अगाडि
5 पटक हेरियो

प्रतिक्रिया 0