काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको २०८३ भदौ ३० गते मंगलबार साँझ ६ः३० बजे बसेको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश लाभांश करसहित रहेको बैंकले जनाएको छ।
बैंकको हाल कायम चुक्ता पुँजी रु. २६ अर्ब २२ करोड ८५ लाख ६१ हजार ३४० रहेको छ। सोही चुक्ता पुँजीको आधारमा २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। बैंकले यसपटक बोनस सेयर प्रस्ताव नगरेको सूचनामा उल्लेख छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गराई वितरण गरिनेछ।
No advertisements available
प्रतिक्रिया 0