काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको २०८३ भदौ १७ गते बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेश गरिनेछ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
No advertisements available
प्रतिक्रिया 0