काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सातौँ पटक लगातार ICRA Nepal बाट [ICRANP-IR] AAA Issuer Rating प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो उच्च वित्तीय विश्वसनीयता कायम राखेको छ। बैंकले सन् २०२६ का प्रमुख उपलब्धिमध्ये यस रेटिङलाई समावेश गरेको छ।
AAA Issuer Rating कुनै पनि संस्थाले वित्तीय दायित्व समयमै पूरा गर्ने सबैभन्दा उच्च क्षमता (Highest Degree of Safety) भएको संकेत हो। यसले बैंकको समग्र वित्तीय अवस्था, पूँजी पर्याप्तता, नाफाक्षमता, तरलता, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा व्यवसायिक स्थायित्वलाई मूल्याङ्कन गरी प्रदान गरिने उच्चतम क्रेडिट रेटिङ हो। यस्तो रेटिङ प्राप्त संस्थालाई सबैभन्दा न्यून Credit Risk भएको मानिन्छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले यसअघि पनि लगातार AAA रेटिङ कायम राख्दै आएको थियो। सन् २०२६ मा प्राप्त यो उपलब्धि बैंकले लगातार सातौँ पटक सर्वोच्च Issuer Rating कायम राख्न सफल भएको पुष्टि गर्दछ।
बैंकका अनुसार, यो रेटिङले ग्राहक, निक्षेपकर्ता, लगानीकर्ता तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास अझ मजबुत बनाएको छ। साथै, बैंकको दीर्घकालीन वित्तीय स्थायित्व र प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीको पनि पुष्टि भएको छ।
प्रतिक्रिया 0