नेपाल एसबीआई बैंकको सामान्य वित्तीय प्रदर्शन, नाफा २.०४ अर्ब

बुधबार, २७ श्रावण २०८३, बिहान ११:२३
Font Size: 20px

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ८१ करोड १० लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन नाफा पनि बढेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ६.२२ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ थियो।

बैंकको कुल सञ्चालन आम्दानी ५.२१ प्रतिशतले बढेर ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी भने ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेर १ अर्ब ३० करोड २८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको ग्राहक निक्षेप ६.६२ प्रतिशतले बढेर २१२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी पनि ८.२३ प्रतिशतले बढेर १४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो। वितरणयोग्य प्रतिसेयर आम्दानी (Distributable EPS) ११.०४ रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो वर्षको १६.६२ रुपैयाँबाट बढेर समीक्षा अवधिमा १८.०४ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ पुगेको छ।

नेपाल एसबीआई बैंकको खराब कर्जा (NPL) भने सुधारिएको छ। अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको NPL घटेर २.९२ प्रतिशत पुगेको छ। सिडि रेसियो ७१.१६ प्रतिशत रहेको छ भने पूँजी कोष अनुपात १३.७४ प्रतिशत पुगेको छ।

बैंकको आधार दर (Base Rate) ५.२१ प्रतिशत रहेको छ भने ब्याजदर स्प्रेड ३.२१ प्रतिशत रहेको छ।

प्रतिक्रिया 0